

असार १२, काठमाडौं । सरकारले आइतवारदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनको भाडा घटाएको छ। पेट्रोलियम पदार्थको मूल्य घटेसँगै यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक सवारीको भाडा घटाएको हो।
विभागले आइतवार जारी गरेको सूचना अनुसार यात्रुवाहक सवारीमा ५ दशमलव ४१ प्रतिशत भाडा घटेको छ । यस्तै, पहाडमा चल्ने मालवाहक सवारीमा ६ दशमलव ९७ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीमा ७ दशमवल ६८ प्रतिशतसम्म भाडा घटेको सूचनामा उल्लेख छ ।
सरकारले अन्तर प्रदेशमा चल्ने सार्वजनिक सवारीमा स्वचालित भाडादर प्रणाली लागू गरेको छ । पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत वा सोभन्दा बढी घटबढ भएमा विभागले सार्वजनिक सवारीको भाडा पनि समायोजन गर्ने गरेको छ ।

सरकारले पछिल्लो पटक गत शनिवार पेट्रोलमा २० रूपैयाँ र डिजेलमा २९ रूपैयाँ घटाएको छ ।
कहाँको भाडादर कति ?
सार्वजनिक यात्रु तथामालवाहक सवारी साधनको नयाँ भाडादर












