भारत–नेपाल–चीन जोड्ने हालसम्मकै छोटो त्रि–देशीय सडक ओझेलमा

स्काई न्यूज /भदौं ६, सुर्खेत ।  नेपाल–भारत–तिब्बत हुँदै चीन जोड्ने हालसम्मकै छोटो र सजिलो त्रि–देशीय सडक निर्माण योजना वर्षौंदेखि अन्योलमा परेको छ । राजनीतिक इच्छाशक्तिको अभावले सरकारको प्राथमिकतामा नपर्दा भारतको तिकुनिया–कतरनियाघाट, बर्दियाको राजापुर, कैलालीको चिसापानी–सुर्खेतको घाट गाउँ–गुटु– अछामको मङ्गलसेन–बाजुरा हुँदै हुम्लाको हिल्साबाट तिब्बत जोड्ने सडक निर्माणले गति लिन नसकेको हो । सरकारले दुई वर्ष अघि बजेटमा उक्त सडकका लागि बजेट विनियोजन गरे पनि सुर्खेत खण्डमा अझै ट्¥याक विस्तार हुन नसकेको चौकुने गाउँपालिका गुटुका स्थानीय जनप्रतिनिधि काशीराम देवकोटाले बताए । कैलालीको चिसापानी र सुर्खेतको घाट गाउँसम्म सडक निर्माण भैसकेको छ भने बाँकी सडक निर्माण हुन बाँकी छ ।

बजेटमा समावेश नभएपछि सरकारको प्राथमिकतामा नपर्दा भारतको तिकुनिया–कतरनियाघाट, बर्दियाको राजापुर, कैलालीको चिसापानी–घाटगाउँ–गुुटु–मंगलसेन–बाजुरा हुँदै हुम्लाको हिल्साबाट तिब्बत जोड्ने सडक निर्माणले गति लिन नसकेको हो । यो रुटबाट सुर्खेतको गुटुबाट अछाम सदरमुकाम मंगलसेन जोडिन अब चार किमी बाँकी छ । यस क्षेत्रका बासिन्दाले तीन दशकदेखि व्यापारिक महत्वको त्रिदेशीय सडक निर्माणलाई प्राथमिकता दिन माग गर्दै आएका छन् । कैलालीको चिसापानी र सुर्खेतको घाटगाउँसम्म सडक निर्माण भैसकेको छ । चौकुने गाउँपालिका अन्तर्गत पर्ने गुुटुका पूर्व जनप्रतिनिधि काशीराम देवकोटाले अछाम बाजुरा सडक सञ्जालमा जोडिसकेकाले तत्काल सुर्खेतको गुटु हुँदै मंगलसेन जोड्ने ट्रयाक निर्माण गरिनुपर्ने बताए । भारतलाई सडक सञ्जालबाट चीनसँग जोड्ने यो अति छोटो मार्ग हो । मानसरोवर तीर्थयात्रा जाने पैदल मार्ग पनि हो ।

सरकारले दुई वर्ष अघि बजेटमा उक्त सडकका लागि बजेट विनियोजन गरेपनि सुर्खेत खण्डमा अझ ट्रयाक विस्तार हुन सकेको छैन् । दुई वर्ष पहिले चौकुने गाउँपालिकाले घाटगाउँ–गुटु–साल्म–जंगलाघाट सडक निर्माणका लागि १० करोड बजेट विनियोजन गरेको थियो । तर, सडकको गुटु खण्डमा अहिले स्थानीय पालिकादेखि कर्णाली प्रदेश सरकारले समेत वेवास्ता गर्दै आईरहेको स्थानीय बासिन्दाको गुनासो छ । कैलालीको सुंगुरखाल र घाटगाउँको चिप्लेमा साढे चार सय मिटर लामो मोटरेवल पुल बनि सकेको छ । करिब २२ करोड लागतको उक्त पुलले सुदूरपश्चिमलाई कर्णाली प्रदेशसँग सिधा जोडेको छ । त्रि–देशीय सडक सञ्जाल आसपासका बासिन्दाले कतरनिया–सती सुख्खा बन्दरगाह सञ्चालन गर्न धेरै लामो समयदेखि सरकारसँग माग राख्दै आएका छन् ।

तर, सरकारले भने हाल सम्म कुनै नीतिगत निर्णय लिन सकेको छैन् । चिसापानी–गुटु–मंगलसेन फाष्ट ट्रयाकको रुट परिवर्तन गरी बहुवर्षीय योजना अन्तर्गत निर्माणक्रम रहेको छ । ‘कर्णाली करिडोरलाई समेत समेट्ने गरी उक्त फाष्ट ट्रयाक निर्माण गर्दा त्रिदेशीय सडक सञ्जालको सपना चाँडै पुरा नहुने सरकारका गतिविधिले देखिएको छ । सरकारले स्पष्ट रुपले कैलाली, सुर्खेत–अछाम–बाजुरा र हुम्ला जोड्ने त्रि–देशीय भारत–नेपाल–चीन जोड्ने सडकको नामाकरण नगरिँदा थप अन्यौलता देखिको सरकारी अधिकारीहरु बताउँछन् । नागरिकले खोजेको विकासको आवश्यकलाई सरकारले अनुभूति गर्न नसक्दा सडक निर्माणले गति लिन नसकेको हो । त्रि–देशीय सडकका विभिन्न खण्डमा विभिन्न तहका सरकारले टुक्रे बजेट विनियोजन गरेपनि कार्यान्वयन नहुँदा थप अन्यौलता बढेको छ ।

Translate »