साल्टले दसैँ अगावै तोरीको तेल उत्पादन गर्ने

भदौं २७, काठमाडौं। दैनिक उपभोग्य वस्तुको आपूर्ति, उत्पादन र बजारीकरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेलको उत्पादन गर्ने भएको छ । दसैँ अघिदेखि हेटौँडास्थित नेपाल वनस्पति उद्योगबाट शुद्ध तोरीको तेल उत्पादन गरी बजारमा ल्याइने कर्पोरेशनले जनाएको छ ।

तोरीको तेल उत्पादन गरेसँगै स्थानीयस्तरमा उत्पादित तोरीको खपत बढ्ने र उपभोक्ताले सुपथ मूल्यमा गुणस्तरीय तोरीको तेलको उपभोग गर्न पाउने कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेशकुमार झाले बताए ।

कर्पोरेशनले अहिले आयोडिनयुक्त नुन, एसटिसी ब्राण्डको खाना पकाउने ग्यास, चामल, गेडागुडी, स्थानीय उत्पादनलाई प्याकिङ गरी उपभोक्तामाझ पुर्‍याउँदै आएको छ । पछिल्लो पाँच वर्षयता कर्पोरेशनको कारोबार निरन्तर बढिरहेको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा कर्पोरेशनले आठ अर्ब ५८ करोड रुप्रयाँ को उपभोग्य वस्तुको बिक्री गरेको थियो । आव २०७४÷७५ मा नौ अर्ब ६८ करोड, आव २०७५÷७६ मा, आठ अर्ब २५ करोड, आव २०७६÷७७ मा नौ अर्ब ७४ करोड र आर्थिक वर्ष २०७७÷७८ मा १० अर्ब ३९ करोड रुप्रयाँको उपभोग्य वस्तु बिक्री गरिएको कर्पोरेशनका अध्यक्ष कल्याण गोविन्द श्रेष्ठले जानकारी दिए ।

गुणस्तरीय सेवा र उत्पादनका कारण पछिल्लो समय कारोबार बढ्दै गएको उनको भनाइ छ । बिक्री बढेसँगै कर्पोरेशनले वित्तीय अवस्थामा सुधार गर्दै लगेको छ । कर्पोरेशनले आव २०७७÷७८ मा मात्रै पाँच करोड ३३ लाख रुप्रयाँ सञ्चालन नाफा आर्जन गरेको छ । गत आवको कारोबार एकीकृत गर्ने क्रममा रहेको कर्पोरेशनका विभागीय प्रबन्धक झाले बताए ।

आयोडिन नूनबारे महत्त्वपूर्ण जानकारी ;-

दुई बालबालिका चिह्न भएको प्याकेटमा राखिएको आयोडिन युक्त नून नै किन प्रयोग गर्ने ?

१. गलगाँड (कण्ठरोग) नियन्त्रण गर्न

२. मानसिक र बौद्धिक क्षमता विकासको लागि

३. लठेब्रोपल नियन्त्रण गर्न

४. पुनरुत्पादन क्षमताको वृद्धि गर्न

५. बाल मृत्युदर घटाउन

आयोडिन केमा पाइन्छ ? 

नेपालको भौगोलिक बनोटका कारण माटो पानीमा आयोडिन पाइँदैन । दुई बालबालिकाको चिह्न भएको प्याकेजमा पाइने नूनमा मात्र आयोडिन पाउन
सकिन्छ ।

आयोडिन कसका लागि बढी आवश्यक छ ? 

मानिस लगायत पशुपन्छी सबैलाई आयोडिन आवश्यक हुन्छ । खास गरेर गर्भवती महिलाले दैनिक रूपमा आयोडिनको सही मात्रामा प्रयोग गर्दा गर्भको बच्चाको मानसिक र शारीरिक विकासमा मद्दत गर्छ ।

थप जानकारी 

१.    कुनै पनि व्यक्तिले गर्भावस्थादेखि उमेरको अन्तिम क्षणसम्म एक सानो चिया चम्चा बराबर मात्र आयोडिन खानुपर्ने हुन्छ । तर उक्त आयोडिन एकै दिन नखाई प्रत्येक दिन थोरै थोरै जीवनभर खानुपर्ने हुन्छ ।

२.    बालबालिकाको दिमागको ८० प्रतिशत वृद्धि गर्भावस्थाको १२ हप्तादेखि जन्मेको २ वर्षभित्र हुने हुँदा आयोडिनको कमीले शारीरिक र मानसिक विकासमा क्षति तथा गडबडी ल्याउँछ ।

३    नेपाल सरकार, स्वास्थ्य मन्त्रालयद्वारा सही मात्रामा आयोडिन भएको प्रमाणित चिह्न (दुई बालबालिकाको चिह्न) भएको प्याकेजको नून मात्र उपभोग गर्दा स्वास्थ्यलाई आवश्यक अनुपातमा आयोडिन प्राप्त गर्न सकिन्छ ।

४.    खानामा आयोडिनको उपयुक्त स्रोत नूनमा आयोडिन मिसाइएको प्याकेजको नून नै सरल उपाय हो ।

५.    ढिके तथा खुला नूनमा आयोडिन मिसाइए तापनि यसलाई भण्डारण गर्दा र बजारमा खुला रूपमा राख्दा यसमा भएको आयोडिन उडेर नाश हुन्छ । प्रायः ढिके नून फोहोर हुने र धोएर खाने चलन भएकाले यसमा भएको आयोडिन पखालिएर नाश हुन्छ ।

६.    ध्यान दिऔं आयोडिनको कमी भएर शारीरिक वा मानसिक रूपमा विकृति देखा परिसकेपछि त्यसलाई कुनै उपचारबाट हटाउन सम्भव छैन ।

७.    नून प्याकिङ गरेको २ वर्षभित्र आयोडिन सुरक्षित हुने हुँदा यो अवधिभित्र नून प्रयोग गर्नु उपयुक्त हुन्छ । अतः सही मात्रामा आयोडिन मिसाएको नून प्राप्त गर्न साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट उत्पादित दुई बालबालिकाको चिह्न भएको आयो, न्यू शक्ति, तेज एवं भानु (नेपाल सरकारको ढुवानी अनुदान भएको जिल्लामा मात्र) प्याकेट नून मात्र प्रयोग गरी आफू र सन्ततिको भविष्य उज्ज्वल बनाऔं ।

८.    नेपाल सरकारले सन् २०१६ मा एनडीएचएस सर्भे गर्दा उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गर्ने ५ वर्षमुनिका बालबालिकाको संख्या ९४ दशमलव ५ प्रतिशत पुगेको छ ।

 

Translate »