प्रदेशको एक्लो शहर सुर्खेत : जग्गाको न्यूनतम् मूल्य नै १ करोड माथि

कर्णाली प्रदेशको राजधानी बनेसँगै सुर्खेतमा तीब्ररुपमा उकालो लागेको जग्गाको भाउ अहिलेसम्म थामिएको छैन ।  केही वर्षअघिसम्म प्रतिकठ्ठा २५/३० लाख रुपैयाँ रहेको वीरेन्द्रनगरको जग्गाको न्यूनतम् मूल्याङ्कन अहिले भने १ करोड रुपैयाँ नाघिसकेको छ ।

वीरेन्द्रनगरस्थित मुख्य राजमार्ग आसपासका क्षेत्रमा अहिले घना बस्ती विकास भएको छ । पहिलेपनि कर्णाली प्रदेशका पहाडी जिल्लाका मानिसहरूको लागि बसाइसराइको पहिलो रोजाइ वीरेन्द्रनगर नै हुने गरेको थियो । तर, पछिल्लो समय प्रदेश राजधानी नै घोषणा भएपछि वीरेन्द्रनगर थप चम्किएको छ ।

रत्नराजमार्गमा पर्ने जग्गाको न्यूनतम्मू ल्याङ्कन ३२ लाख रुपैयाँदेखि १ करोड ३ लाख २ हजार रुपैयाँसम्म रहेको छ । सुर्खेतको सबैभन्दा महँगो जग्गा मुख्य बजार क्षेत्र मानिने मंगलगढीचोकदेखि क्षेत्रीय अस्पताल आसपासमा रहेको छ । त्यहाँ न्युनतम मूल्याङ्कन कठ्ठाको १ करोड रुपैयाँ भएपनि चलनचल्तीमा १ करोड रुपैयाँमा ७ धुर बराबरको एउटा घडेरी पनि नआउने स्थानीयहरू बताउँछन् ।

उक्त बजार क्षेत्रको आसपासमा बाटो नभएको जग्गाको प्रतिकठ्ठा न्यूनतम् मूल्याङ्कन नै २० लाख रुपैयाँ भन्दा बढी छ । सहायक बाटोमा ३३ लाख, अन्य शाखा सडकमा प्रतिकठ्ठा ५६ लाख रुपैयाँ न्युनतम मूल्याङ्कन कायम गरिएको छ ।

सबैभन्दा महँगो जग्गा भएको ठाउँमा यस्तो छ न्युनतम मूल्याङ्कन :

Translate »