२०८३ असोज १० , शनिबार
Sky News Nepal
September 26, 2026

टमाटरको मूल्य यो वर्षकै उच्च



सल्यान । सल्यानका किसानले टमाटर यो वर्षकै उच्च मूल्यमा बिक्री गरेका छन् । टमाटरले उचित मूल्य पाएपछि कृषक उत्साहित भएका छन् ।

पछिल्लो केही दिन यता टमाटर थोकमा ९५ देखि एक सय रुपैयाँसम्म बिक्री हुँदै आइरहेको छ । जसले गर्दा कृषकले यो वर्षको अहिलेसम्मकै उच्च मूल्यमा बिक्री गर्न पाएका छन् ।

आज लागेको कृषि हाट बजारमा कृषकले थोकमा ९५ देखि एक सय रुपैयाँसम्मले टमाटर बिक्री गरेको कृषि उपज बजार केन्द्र कपुरकोटका अध्यक्ष तिलक शर्माले जानकारी दिए । उनका अनुसार अविरल वर्षा, तराई जलमग्न हुनु र व्यापारिक प्रतिस्पर्धा हुँदा कृषकले कृषिजन्य बस्तुको राम्रो मूल्य पाएको उनको भनाई छ ।

उनले भने, ‘हामीले यस वर्ष धेरै व्यापारिक केन्द्रमा पुगेर अन्तरक्रिया पनि गर्‍यौँ जसका कारण नयाँ व्यापारी आउनु भयो जसले व्यापारी बिच स्वच्छ प्रतिस्पर्धा हुँदा किसानले राम्रो मूल्य पाए ।’

वर्षातको समय नसकिएकाले अझै टमाटरको मूल्य बढ्ने उनको भनाई छ । तराई जिल्ला डुबानमा पर्ने भएकाले तराईमा टमाटरको माग अत्यधिक बढ्ने शर्माको भनाई छ ।

आजको हाटबजारमा अन्य कृषिजन्य बस्तुले पनि राम्रो मूल्य पाएका छन् । किसानले बन्दागोभी ३५, फूलगोभी ६५, भेडे खुर्सानी ५०, मसिना खुर्सानी १७५, अकबरे खुर्सानी २५० रुपैयाँ किलोमा बिक्री गरेका छन् । यस्तै सिमि १३५, काँक्रो लोकल ४५, मुला ४०, माछे खुर्सानी ४०, बोडी १०० रुपैयाँ किलो रुपैयाँ किलोमा बिक्री भएको छ ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधबार
Translate »