

काठमाडौं । पछिल्ला दिनहरूमा निरन्तर घटिरहेको सुनको भाउमा आज पनि गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपालमा सुनको भाउ प्रतितोला १२ हजार २०० रुपैयाँ घटेर २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ५७ हजार ६०० रूपैयाँमा किनबेच भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपालमा पनि सुनको भाउ घटिरहेको सुनचाँदी व्यवसायीहरू बताउँछन् ।
प्रकाशित मिति : २०८३ मंसिर ५ गते शुक्रबार







