२०८३ मंसिर १ , सोमबार
Sky News Nepal
November 16, 2026

वृद्ध भत्ता पाँच हजार पुर्‍याउने प्रधानमन्त्रीको प्रतिबद्धता



असोज १५,काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकहरुले मासिक तीन हजारका दरले पाउँदै आएको वृद्धभत्ता यही सरकारले नै वृद्धि गरी पाँच हजार पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । ३० औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रिय जेष्ठ नागरिक महासंघले आज काठमाडौंमा भर्चुअल रुपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले तत्कालिन नेकपा एमालेको सरकारले जेष्ठ नागरिकको सम्मान स्वरुप वृद्धभत्ताको सुरुवात गरेको स्मरण गनुहुँदै अहिले उनले जेष्ठ नागरिकले पाउनुपर्ने भत्ता घरमै पुर्‍याइदिन स्थानीय सरकारलाई आग्रह गरे । जेष्ठ नागरिकहरुले पाउनुपर्ने सुविधा पर्याप्त नभएको भन्दै प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकहरुलाई ज्ञानको भण्डारका रुपमा सिक्ने र नयाँ पिढीँमा ज्ञान हस्तान्तरण गरिनुपर्नेमा जोड दिए ।

 

प्रकाशित मिति : २०७७ असोज १५ गते बिहीबार
Translate »