२०८३ कात्तिक २९ , शनिबार
Sky News Nepal
November 14, 2026

हुम्लाको सिमकोटमा ट्राफिक नियम लागू



कात्तिक १८,सिमकोट ।
उच्च हिमाली जिल्ला हुम्लामा ट्राफिक नियम लागू हुने भएको छ । गत वर्ष ट्राफिक कार्यालय उद्घाटन भएसँगै सिमकोटमा नियम लागू गर्न लागिएको हो। लामो दूरी सवारी साधन सञ्चालनमा आउन नसके पनि अन्तरपालिकामा छोटो दूरीका गाडी सञ्चालन हुने भएका कारण ट्राफिकले आफ्नो चेकपोष्टको कार्य शुरु गरेको छ । सदरमुकाम सिमकोट माथिल्लो बजारमा रहेको काठेचुलीमा ट्राफिक कार्यालयले आफ्नो चेकपोष्टको बोर्ड राखेको छ। अन्तरपालिकामा आवतजावत गर्ने सवारी साधनले हालसम्म ट्राफिकको नियम पालना नगरी यातायात सञ्चालन हुँदा बजार क्षेत्रमा आफ्नो चेकपोष्ट राखिएको हो।

सिमकोटमा अब ट्राफिक नियम लागू हुने भएको छ। यसले गर्दा दुर्घटनादेखि लिएर मनपरी ढङ्गले यात्रु चढाउने कार्य रोक्न मद्दत पुग्ने भएको छ। यसभन्दा पहिला सिमकोट–खार्पु र सिमकोट–च्याछरा–डाँडाफयाका लागि सवारी चालकले मनपरी तवरमा यात्रु चढाउने र ओराल्ने काम गरिरहेका थिए। अन्तरपालिका आवतजावत गर्ने सवारी चालकले यात्रुबाट भाडादर महँगो लिने गरेका थिए। सिमकोट–खार्पु एक जना व्यक्तिको भाडा अगाडि सिटमा बसेमा रु ३५० र पछाडि सिटमा बसेमा यात्रुलाई रु २५० लिने गरिएको छ। (थाहा खबर)

प्रकाशित मिति : २०७७ कात्तिक १८ गते मंगलबार
Translate »