२०८३ भदौ १० , बुधबार
Sky News Nepal
August 27, 2026

पेट्रोलियम पदार्थ विक्रेताले पम्प भाडामा लगाउन नपाउने



मंसिर १९, काठमाडौं । पेट्रोलियम पदार्थको विक्रेताले पम्प भाडामा लगाउन नपाउने भएका छन् । पछिल्लो समय विभिन्न स्थानमा सञ्चालित पम्प भाडामा लगाएको पाइएपछि निगमले एक सूचना प्रकाशन गर्दै पम्म भाडामा लगाउन नपाउने जानकारी दिएको हो ।

निगमले जारी गरेको सूचनामा भनिएको छ, ‘पेट्रोलियम पदार्थ विक्रेता विनियमावली २०७५ को परिच्छेद–६ विनियम ३० (ड) मा व्यवस्था भएअनुसार कुनै पनि विक्रेताले पम्प भाडामा लगाएमा निगमले आपूर्ति बन्द गर्न सक्नेछ भन्ने प्रावधान रहेको छ । यस प्रावधानअनुसार विक्रेताले आफ्नो पम्प भाडामा नदिई विनियमावलीबमोजिम आफैँ सञ्चालन गर्न अनुरोध गरिएको छ ।’

निगमले पटक/पटक भाडामा नलगाउन अनुरोध गर्दै आएको भन्दै विनियमावली विपरीत कसैले पम्म भाडामा लगाएको पाइएमा कारवाही हुने जानकारी दिएको छ । रासस

प्रकाशित मिति : २०७७ मंसिर १९ गते शुक्रबार
Translate »