२०८३ कात्तिक २८ , शुक्रबार
Sky News Nepal
November 13, 2026

वैदेशिक रोजगारीको बहानामा श्रीलंकामा मानव बेचबिखन गर्ने पक्राउ



फागुन ४,काठमाडौं ।
श्रीलंका पुर्‍याई मानव बेचविखन गर्ने फरार अभियुक्तलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बर्दिया बढैयाताल गाउँपालिका ९३ घर भई पर्वत कुस्मा नगरपालिका९२ बस्ने ३६ वर्षीय खेम बहादुर सुबेदीलाई प्रहरीले पक्राउ गरेको हो । सुबेदीले एक महिलालाई वैदेशिक रोजगारीको बहानामा बेचबिखन गर्ने उद्देश्यले कुवेतमा घरायसी कामका लागि जान पैसा खर्च हुँदैन भन्दै २०७६ सालमा राहदानी समेत आफ्नै खर्चमा बनाई नेपालको एयरपोर्टबाट जान नमिल्ने भयो भारतबाट जानु पर्छ भन्दै बताएका थिए । उनलाई ललाई फकाई बिभिन्न प्रलोभनमा पारी काठमाडौं, नेपालगंज, भारतको नयाँदिल्ली, चेन्नाई हुँदै मलेसियाबाट श्रीलंका पुर्‍याएका थिए ।

श्रीलंका पुर्‍याएपश्चात सिराक खान र आलिक खानले श्रीलंकास्थित तालदुवा भन्ने ठाउँमा पुर्‍याई बन्धक बनाएर राखेकोमा श्रीलंका प्रहरीले जाँच गर्दा भिसा नभएको कारण १० महिनासम्म कुर्भित्ता जेलमा परिन् । जेलमै रहेको अवस्थामा श्रीलंकास्थित नेपाली राजदूताबास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय समेतको सहयोगमा २०७७ मंसिर ३० मा उनी नेपाल फर्कन सफल भएकी थिइन्। उक्त मुद्दामा संलग्न रही फरार भएकामध्ये सुबेदीलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पर्वत कुस्मा नगरपालिका–२ स्थित नयाँपुल भन्ने स्थानमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । सुबेदी विरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रकाशित मिति : २०७७ फागुन ४ गते मंगलबार
Translate »