२०८३ साउन २४ , आइतबार
Sky News Nepal
August 10, 2026

सुर्खेतमा विश्व रेविज दिवस मनाईयो



असोज ११, सुर्खेत ।
विश्व रेविज दिवस विविध कार्यक्रम गरि सुर्खेतमा मनाईएको छ । कर्णाली प्रदेशको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा १३ औं विश्व रेविज दिवसको अवसरमा शनिबार वीरेन्द्रनगरको मंगलगढी चोकवाट शुरु भएको प्रभात फेरी वजार परिक्रम गरेर गणेशचोकामा पुगेर सभामा परिणत भयो ।

सभालाई प्रदेश सरकारका भूमि, वयवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले रेविजलाई नियन्त्ररण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताईन् । ‘पशु स्वास्थ्यमा ध्यान दिँदै रेविजलाई नियन्त्रण गर्न व्यापकरुपमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने छन्,’ उनले भनिन्, ‘रेविजलाई नियन्त्ररण गर्न जनशक्ति ब्यवस्थापन र वजेटको अभाव हुन नदिइने छैन् ।’ उनले कर्णालीबाट रेविजलाई भगाउन सबै नागरिक सामुहिक दायित्व भएकाले योजना तथा कार्यक्रम सञ्चालनमा रेविजलाई विशेष प्राथमिकता दिइने जिकिर गरिन् ।

 

कार्यक्रममा तालुक मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले कर्णाली प्रदेशबाट रेविजसँगै अन्य पशुरोगलाई उन्मूलन गर्न मन्त्रालय सधै प्रतिबद्ध रहेको उल्लेख गरे । वीरेन्द्रनगर नगरपालिका–२, मा दिवसकै अवसर पारेर रेविज विरुद्धको खोप लगाईएको मन्त्रालयका पशुपन्छि विकास महाशाखा प्रमुख पुश चिकित्सक दिपक भण्डारीले जनाए । कार्यक्रममा पशुपन्छी विकास निर्देशनालयका निर्देशक डाक्टर टंकप्रसाद प्रसाई तथा पशुपन्छि रोग अन्वेषण प्रयोगशालाका प्रमुख डाकटर कृष्णराज पाण्डेले कर्णालीमा पशु स्वास्थ्य तथा रेविज रोगको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : २०७६ असोज ११ गते शनिबार
Translate »