सागमा सुर्खेतका दीपकले जिते स्वर्ण

स्काई न्यूज /मंसिर १९, सुर्खेत ।
काठमाडौंमा जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा कर्णाली प्रदेशबाट सहभागि एक्ला खेलाडी दीपक हमालले स्वर्ण जितेका छन् । मंगलबार र बुधबार लगनखेल स्थित आर्मी ट्रेनि¨ सेन्टरमा भएको प्रतियोगितामा उनले उसु तर्पm स्वर्ण पदक जितेका हुन् । दिपकको यो पहिलो साग यात्रा हो । उनले प्रतिस्पर्धी भारतीय खेलाडी साजन लामालाई हराएका थिए । दिपकले नान्छ्वान अलराउण्डमा ९ दशमलव ७ र नानकुनमा ९ दशमलव ६१ गरी १९ दशमलव ३२ अंक प्राप्त गरेर स्वर्ण हात पारे । उनका प्रतिस्पर्धी लामाले १९ दशमलव १२ अंक पाएका थिए ।

स्नातकसम्मको अध्ययन गरेका दीपकको घर सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुमा रहेको छ । ‘कर्णाली प्रदेशबाटै आफु मात्र सहभागि भएपनि स्वर्ण पदक हात परेकाले गर्व महशुस गरेको छु,’ दीपक भने, ‘अब प्रदेश सरकारले खेलाडीका लागि हालसम्म खासै केही गर्न नसकेपनि अब गर्नुपर्ने बेला आएको छ ।’ उनले राज्यबाट सहयोग तथा हौसला बढाउने कार्य हुन सके भविष्यमा थप राम्रो प्रर्दशनलाई निरन्तरता दिन सकिने जिकिर गरे । उसुका प्रशिक्षक रमेश तुलाधरले कर्णाली सरकारले प्रदेशका खेलाडीको भविश्य सुनिश्चित गर्न जरुरी रहको बताए । ‘दिपकले कर्णालीका लागि स्वर्ण दिलाएकोमा हामी अति खुशी छौं’ उनले भने, ‘खेलाडीहरु यो क्षेत्रबाट विस्थापित हुनबाट प्रदेश सरकारले रोक्नुपर्छ ।’ उनले खेल तथा खेलाडीको विकासका लागि प्रदेश सरकारले विशेष रणनीति बनाएर अगाडि बढ्न सुझाव दिए ।

Translate »