पञ्चकोशीद्वारा कोरोना सचेतना अभियान शुरु

स्काई न्यूज /चैत १०, सुर्खेत ।
सुर्खेतको पञ्चकोशी यातायात प्रालिले कोरोना भाइरसबाट बच्नका लागि पूर्व शर्तकता अपनाउनुपर्ने सन्देशसहितको चेतनामूलक अभियान सञ्चालन गरेको छ । प्रालिले सोमबार वीरेन्द्रनगरका विभिन्न ३ वटा मुख्य चोकहरुमा पानी ट्यांकर र साबुनको व्यवस्थापन गरी कोरोनाबाट बच्नका लागि नियमित हात धुनुपर्ने सन्देशसहितको अभियान सञ्चालन गरेको हो । नागरिकहरुको बाक्लो आवत जावत हुने वीरेन्द्रचोक, मंगलगढीचोक र मंगलगढी चोकमा ३ ट्यांकर पानी र साबुनसहित अभियान सञ्चालन गरिएको प्रालिका अध्यक्ष सञ्जय खत्रीले बताए । ‘हात धुने अभियानमा थुप्रै सर्वसाधारणको उत्साहजनक एवं उल्लेख्य सहभागिता रहेको थियो,’ उनले भने, ‘धेरे भीडभाडमा नजान र जानैपरे पूर्व सावधानीसँगै शतर्कता अपनाउन सुझाव दिएका छौं ।’ उनले सुरक्षित एवं भरपर्दो व्यवसायिक सेवासंगै सामाजिक जिम्मेवारी पुरा गर्नका लागि पनि हातधुने अभियान गरिएको बताए ।

‘प्रालिका तर्फबाट आगामी दिनपनि पनि सामाजिक कार्य निरन्तर जारी रहनेछन,’ अध्यक्ष खत्रीले भने, ‘यसका साथै अत्यावश्यक कामका लागि धेरै सर्वसाधारणको आवत जावत रहने ५० वटा सार्वजनिक स्थलहरुमा पनि कोरोना भाइरसबाट जोगिने उपाय र सुझावसहितका चेतनामूलक ब्यानर टाँगिएका छन् ।’ उनले सुर्खेतस्थित मानव सेवा आश्रमलाई १० हजार आर्थिक सहयोगसँगै प्रशान्ति वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई धार्मिक स्थलहरुको दर्शन गराईएको जनाए । उनका अनुसार आगामी बैशाख महिनादेखि लागु हुने गरी प्रत्येक टिकटबाट १ रुपैयाँ सामाजिक कार्यका लागि संकलन गरी सामाजिक संघसंस्थालाई उपलब्ध गराउने छ ।

Translate »