सुर्खेतमा भारतबाट फर्किएका १०२ जना क्वारेन्टाइनमा

स्काई न्यूज /चैत १२, सुर्खेत ।
सुर्खेतमा भारतबाट फर्किएका १०२ जना व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ । मंगलबार राति भारतबाट आउँदै गर्दा रुपैडिहा नाकामा अलपत्र परेका ५७ जना एवं बुधबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट उद्दार गरिएका ४५ जना गरि कुल एक सय २ जनालाई चिकित्सकको निगरानीमा क्वारेन्टाइनमा राखिएको प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । उद्दार गरिएका नागरिकलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने मन्त्री रावलले बताए ।

उनीहरुलाई तत्कालका लागि स्थानीय अशोका होटल र अन्तरनिर्भर समाजको होस्टलमा राखिएको छ । खुलामञ्चमा नेपाली सेनाले निर्माण गर्न लागिरहेको क्वारेन्टाइनमा झण्डै ४ सय बेड तयार भईसकेपछि बिहीबारसम्म त्यहाँ उनीहरुलाई सारिने प्रदेश सरकारको योजना रहेको छ । क्वारेन्टाइनमा रहने व्यक्तिहरुको सबै खर्च प्रदेश सरकारले व्यहोर्ने मन्त्री रावलले जानकारी दिए ।

Translate »