सुर्खेतबाट पठाईएका स्याम्पल नेगेटिभ

स्काई न्यूज /चैत १६, सुर्खेत ।
सुर्खेतबाट पठाईएका स्याम्पलको रिपोर्ट नेगेटिभ आएको छ । गत चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी १९ वर्षीया कोरोना संक्रमित युवतीसँगै हवाई यात्रा गरेका सुर्खेतका एक युवाको आइतबार स्याम्पल रिपोर्ट नेगेटिभ आएको हो । युवती चढेकै हवाईजहाजमा आएका ती युवकको स्याम्पल राष्ट्रिय प्रयोगशालामा पठाईएको थियो ।

राष्ट्रिय प्रयोगशालाबाट ती युवकको स्याम्पल रिपोर्ट नेगेटिभ आएको जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाक्लेले जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशबाट राष्ट्रिय प्रयोगशालामा पठाईएका १७ स्याम्पल मध्ये १३ वटा नेगेटेभ आएका छन भने ४ वटा रिपोर्ट आउन बाँकी छ । जिल्लामा हालसम्म ७ जना होम क्यारेन्टाइनमै रहेका छन् भने सेनाले निर्माण गरेको क्यारेन्टाईनमा १२५ जना रहेका छन् । आइतबार उद्दार गरिएका ६९ जनासँगै एक जना पहिलेदेखि विरामीलाई होटल अशोका स्थित क्यारेन्टाइनमा राखिएको छ । हालसालै विदेशबाट फर्किएकालाई स्वास्थ्यकर्मीसँगै प्रहरीले खोज्दै क्यारेन्टाइनमा राख्दै आएका छन् ।