२०८३ असोज ६ , मंगलबार
Sky News Nepal
September 22, 2026

कर्णालीबाट पठाईएका १७ वटै स्याम्पल नेगेटिभ



स्काई न्यूज /चैत १६, सुर्खेत ।
कर्णालीबाट पठाईएका १७ वटै स्याम्पलको रिपोर्ट नेगेटिभ आएका छन् । कोरोना भाईरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्न सरकारले जारी गरेको लकडाउन यता कर्णाली प्रदेशबाट राष्ट्रिय प्रयोगशालामा पठाईएका १७ वटै स्याम्पलको रिपोर्ट नेगेटिभ आएको जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाक्लेले जानकारी दिए । उनले यसअघि आइतबारसम्म १३ वटा रिपोर्ट आईसकेकोमा (आज) सोमबार बाँकी रहेका ४ वटा स्याम्पलको रिपोर्ट समेत नेगेटिभ आएको बताए । उनका अनुसार जिल्लामा स्वास्थ्यकर्मीसँगै प्रहरीले हालसालै विदेशबाट फर्किएकालाई खोज्दै क्यारेन्टाइनमा राख्ने काम भईरहेको छ ।

प्रकाशित मिति : २०७६ चैत १७ गते सोमबार
Translate »