२०८३ असोज ६ , मंगलबार
Sky News Nepal
September 22, 2026

सुर्खेतमा कोरोना परीक्षण शुरु



स्काई न्यूज/ चैत २०, सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना परीक्षण शुरु भएको छ । संघीय सरकारको सहयोगमा सुर्खेत स्थित प्रदेश अस्पताल कालागाउँमा विहीबारदेखि कोरोना रोगका शंकास्पद बिरामीको थ्रोब स्वाब जाँच गर्न शुरु भएको हो । बिहीवार सवा १२ बजे भारतबाट आएका १ जनाको स्वाब नमूना जाँच गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशक रिता भण्डारी जोशीले जानकारी दिईनु । उनले नमूना जाँच गर्न प्रयोगशाला विज्ञको रुपमा काठमाडौंबाट रामकृष्ण श्रेष्ठको नेतृत्वमा १ टोली आएको र टोलीले ल्याब टेक्निसियनलाई सिकाइरहेको बताईन् । यता कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले प्रदेश अस्पतालमा ल्याब शुरु गरी जाँच कार्य सञ्चालन गरिएको बताउँदै कर्णाली प्रदेशभर कम्तिमा ४५ जनाको दैनिक रुपमा जाँच गर्न सकिने व्यवस्था मिलाउन तर्फ आफुहरु लागेको जनाए । उनले कोरोनाका विरामी भेटिएमा प्रदेश सरकारले प्रदेश अस्पतालमा २ सय ५८ आइसोलेसन बेड तयारी अवस्थामा राखेको बताए । उनका अनुसार यसअघि कर्णाली प्रदेशबाट क्वारेन्टाइनमा राखिएको कोरोना परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना पठाउनुपर्ने समस्या रहेको थियो । अब सुर्खेतमै परीक्षण शुरु भएपछि यो झन्झट हटेको छ ।

प्रकाशित मिति : २०७६ चैत २० गते बिहीबार
Translate »