एकै दिन ३ जना कोरोना संक्रमित थपिए

स्काई न्यूज /चैत २२, काठमाडौं  ।
नेपालमा थप ३ जनामा कोरोना संक्रमित थपिएका छन् । यसअघि संक्रमितको संख्या ६ पुगेको थियो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो । यस्तै, भारतको उत्तराखण्डबाट फर्किएका कन्चनपुरका ४१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण फेला परेको छ भने कैलालीकी ३४ वर्षीय महिलामा पनि कोरोना संक्रमण फेला परेको छ । उनी कैलालीकै कोरोना संक्रमित पुरुषकी आफन्त हुन् । कैलालीकी ३४ वर्षीय महिलामा कोरोनो संक्रमण देखिएसँगै नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ ।


तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यसअघि विदेशबाट आएकालाई मात्रै कोभिड–१९ को सङ्क्रमण देखिएपनि पहिलो पटक नेपालभित्र कै महिलामा सङ्क्रमण देखिएको हो । गत माघ ९ गते चीनबाट नेपाल आएका विद्यार्थीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । उनी निको भई घर फर्किसकेका छन् । अन्य सङ्क्रमितको भने आइसोसेलनमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Translate »