कर्णालीमा कोरोना विरुद्धको रोकथाम प्रयास सन्तोषजनक : राज्यमन्त्री रावत

स्काई न्यूज/ चैत २६, सुर्खेत ।
नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले कर्णालीमा कोरोना भाईरस रोकथाम एवं नियन्त्रणका प्रयासहरु सन्तोजनक रहेको पाईएको बताएका छन् । कर्णालीका लागि आवश्यक स्वास्थ्य सामग्री नपुगेको जस्ता गुनासा आएपछि स्वास्थ्य सामग्री लिएर आफै सुर्खेत आईपुगेका राज्यमन्त्री रावतले बुधबार वीरेन्द्रनगरमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्यका लागि सरकारका संयन्त्रहरु आ–आफ्नो ठाउँमा संक्रिय र व्यस्त रहेको पाईएको बताएका हुन् । उनले वीरेन्द्रनगरको लाटिकोइल स्वाथ्य चौकी, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय र वडा नं. ११ मा रहेको शहरी स्वास्थ्य क्लिनिकमा आफै पुगेर आफैले ल्याएको विभिन्न स्वास्थ्य सामग्री (मास्क,पञ्जा, स्यानीटाइजर, पीपीई लगायत) हस्तान्तरण गरेका छन् ।

 

त्यस्तै कर्णाली प्रदेशका दैलेख, जाजरकोट, र सल्यानमा पनि स्वास्थ्य सामग्रीहरु पु¥याउने काम भईरहेको उनको भनाइ छ । ‘कर्णालीका विभिन्न जिल्लामा स्वास्थ्य सामग्री नपुगेका गुनासा आएका छन,’ उनले भने, ‘त्यसैले म आफै केही सामग्री ल्याएर विभिन्न जिल्लाहरुको क्वारेन्टाईन एवं कोरोना रोकथाम एवं नियन्त्रणका प्रयासहरुको अनुगमन गरिनेछ ।’ उनले स्वास्थ्यको अवस्था अन्य प्रदेशको तुलनामा कर्णालीको कमजोर रहेकाले विशेष ध्यान दिईरहेको बताए । ‘खाडी र भारतबाट आउने नागरिकहरु गाउँघरमा गइसकेकाले अहिले शहरभन्दा गाउँहरु धेरै जोखिममा छन,’ उनले भने, ‘कोरोनाबाट बच्न कर्णाली प्रदेशलाई कुनै पनि किसिमको कमी हुन दिईने छैन् ।’ उनले विगतमा कर्णालीको पहँुच केन्द्रसँग नहुँदा राज्यका कतिपय सेवासुविधाबाट पछाडी पर्दै आईरहेकाले अहिले विशेष ध्यान दिइने प्रतिवद्धता व्यक्त गरे ।


‘विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस विरुद्धको लडाईमा नेपाली सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको छ,’ उनले भने, सञ्चारकर्मीहरुले कोरोना भाइरसबाट जोगाउन जनचेतनामूलक कार्यक्रम, सन्देश, समाचार प्रकाशन प्रसारण गरेर सञ्चार जगतले राज्यलाई ठूलो योगदान दिएको छ ।’ उनले नेपाल पत्रकार महासंघ सुर्खेतलाई मास्क, पञ्जा र स्यानिटाईजर हस्तान्तरण गर्दै कोरोना विरुद्ध देश लडाईमा होमिएकोले सरकारले दिएको निर्देशनको पालना गर्न आम नागरिकलाई आग्रह गरे । त्यस्तै मन्त्री रावतले सुरक्षाकर्मी, स्थानीय प्रशासन एवं जनप्रतिनिधिहरुलाई समेत मास्क, पञ्जा र स्यानिटाईजर वितरण गरेका थिए ।

Translate »