कर्णाली प्रदेश ७ दिन सिल गर्ने निर्णय

स्काई न्यूज /बैशाख २२, सुर्खेत ।
हालसम्म कोरोना भाइरस संक्रमण नदेखिएको कर्णाली प्रदेशलाई ७ दिन सिल गर्ने निर्णय भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले छिमेकी सुदूरपश्चिम प्रदेश र ५ नम्वर प्रदेशमा कोरोना संक्रमण देखिएपछि यस्तो निर्णय गरेको हो । मुख्यमन्त्री कार्यालयका अनुसार प्रदेश स्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रणक गर्नका लागि आजै राती १२ बजेदेखि लागु हुने गरि २९ गते सम्म कर्णाली पूर्णरुपमा सिल हुनेछ ।

त्यस्तै प्रदेशका विभिन्न २७ स्थानमा  कित्सकसहितको स्वास्थ्यकर्मीको टोली समेत खटाइने सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । स्थानीय तह र प्रदेश सरकारको समन्वयमा पछिल्लो समय उद्धारका नाममा मान्छे ओसारपोसार जारी थियो । यो निर्णयपछि अब आवतजावत ठप्प हुने भएको छ । सुर्खेत प्रहरीका अनुसार लकडाउनयता कर्णालीमा प्रवेश गर्ने प्रमुख नाका सुर्खेतको बबईबाट १० हजार ३ सय ३२ जना व्यक्ति भित्रिएका छन् । कालीकोटका २ हजार ६ सय ७४, जुम्लाका १ हजार ५ सय ३५, मुगुका १ हजार ३ सय ४९, दैलेखका १ हजा १ सय २३, सुर्खेतका १ हजार ९४, जाजरकोटका १ हजार २६, डोल्पाका ६ सय ५५, रुकुम पश्चिमका ३ सय ६६, हुम्लाका ३ सय ४ र सल्यानका २ सय ६ जनाको उद्धार भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

Translate »