नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुग्यो


स्काई न्यूज /बैशाख २३, सुर्खेत ।
नेपालमा मंगलवारसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । बाँकेको नेपालगञ्जमा ७ जनामा कोरोना संक्रमण पूष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– ८ निवासी रहेको मन्त्रालयले बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार चार जना महिला र तीन जना पुरुषमा कोरोना संक्रमण पूष्टि भएको छ । उनीहरुको भेरी अञ्चलअस्पतालमा परिक्षण गर्दा कोरोना पूष्टि भएको हो । मन्त्रालयहो वेबसाइटमा हालसम्म अद्यावधिक गरिएको तथ्यांक अनुसार नेपालमा हालसम्म १३ हजार ६४७ जनाको पीसीआर परिक्षण गरिएको छ भने ५० हजार ८४५ जनाको आरडीटी परिक्षण गरिएको छ । त्यसैरी देशका विभिन्न भागमा रहेका अस्पतालमा १०६ जना आईसोलेशनमा रहेका छन् । त्यस्तै १६ जना संक्रमित निको भएर घर फर्किएका छन् ।