कोरोना संक्रमणबाट नेपालमा दोस्रो व्यक्तिको मृत्यु

स्काई न्यूज /जेठ ४, नेपालगञ्ज ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। आइतबार बाँकेको क्वारेन्टाइनमा रहेका २५ वर्षिय पुरुषको कोरोना भाइरसकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार बाँकेको नरैनापुर ५ का २५ वर्षिय युवकको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो । गत वैशाख ३० गते भारतबाट आएका ती युवकमा गएरातिबाट ज्वरो र झाडापाखाला लगायतका समस्या देखिएको थियो । उनको आज बिहान क्वारेन्टाइनमै निधन भएको हो । उनको स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले जनाए । यसअघि धुलिखेल अस्पतालमा २९ वर्षिया सुत्केरी महिलाको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो ।

Translate »