सुर्खेतमा कोरोना संक्रमितको संख्या १५ पुग्यो

स्काई न्यूज/जेठ १३, सुर्खेत ।

सुर्खेतमा एकैदिन १२ जना कोरोना संक्रमित भएको पुष्ठि भएको छ । भारतबाट घर फर्किएकाहरुको पीसीआर परीक्षण गर्दा आज थप १२ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको हो । १२ जना मध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका– आठ जना, भेरीगंगा नगरपालिकाका– दुई जना र सिम्ता गाउँपालिकाका– २ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनु भयो ।उहाँका अनुसार प्रदेश अस्पतालमा रहेको पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको जाँच रिपोर्टमा ११ जना पुरुष र एक जना महिला कोरोना रहेको पाईएको छ ।

यसअघि संक्रमित ३ जनासँगै अब सुर्खेतमा कोरोना संक्रमितको संख्या १५ पुगेको हो । कर्णाली प्रदेशमा पहिलो कोरोना संक्रमित भएको आज नवौं दिनसम्म आइपुग्दा प्रदेशमा कोरोना संक्रमित पुष्टि हुनेको संख्या २३ पुगेको छ । भारतबाट कर्णाली प्रदेश फर्किनेको संख्यामा बृद्धि भएसँगै कोरोना संक्रमितको संख्यामा समेत बृद्धि गएको हो । यसअघि सोमबार साँझसम्म दैलेखका ८ जना र सुर्खेतका ३ गरी जम्मा ११ जना संक्रमित थिए ।

Translate »