कर्णाली प्रदेशमा आज थप ५४ जनामा कोरोना संक्रमण पुष्टि
स्काई न्यूज /जेठ, सुर्खेत ।
कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । महाशाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार प्रदेश अस्पताल, सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा ५१ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितहरु सल्यानका २८ जना, सुर्खेतका २० जना, दैलेखका ३ जना र कालिकोटका ३ जना रहेका छन् । संक्रमितहरु ३ वर्षकी बालिका र १६ वर्षकी किशोरी सहित ११ र १४ वर्षका बालक देखि १६ देखि ६० वर्ष सम्मका पुरुषहरु रहेका छन् ।