स्काई न्यूज /जेठ २८, सुर्खेत ।
कर्णालीमा बुधबार थप ३७ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेतस्थित पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप ३७ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका तीन जना रहेको सामाजिक विकास मन्त्रालयले बताएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या ७०८ पुगेको हो ।