बाँके र बर्दियामा १६ जना कोरोना सङ्क्रमित थपिए


स्काई न्यूज/जेठ ३०, नेपालगन्ज ।
बाँके र बर्दियामा आज १६ जना कोरोना सङ्क्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँकेका एक जना र बर्दियाका १५ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालका अनुसार बाँकेको खजुरा गाउँपालिकाका एक, बर्दिया बढैयाताल गाउँपालिकाका नौ, गुलरिया नगरपालिकाका चार र मधुवन नगरपालिकाका दुई जनामा सङ्क्रमण देखिएको हो ।

Translate »