कर्णालीमा कोरोना संक्रमित ८४६ पुगे

८३ जना थपिए, ८२ जना घर फिर्ता

स्काई न्यूज /जेठ ३०, सुर्खेत ।
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ८४६ पुगेको छ । शुक्रवार सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनका अनुसार हालसम्म प्रदेशभरिका ८२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । शुक्रवार कोरोना जितेकाहरूको दोस्रोपटक गरिएको पीसीआर परीक्षणमा सबै रिपोर्ट नेगेटिभ आएपछि शुक्रवार नै डिस्चार्ज हो । कर्णालीमा हालसम्म कोरोनाका कारण तीन जनाको मृत्यु भइसकेको छ ।

Translate »