दैलेखमा पीसीआर मेसिनको औपचारिक परीक्षण शुरु

स्काई न्यूज / असार १६,दैलेख ।
दैलेखमा सात जनाको स्वाब संकलन गरेर पीसीआर मेसिनको औपचारिक परीक्षण शुरु गरिएको छ । दैलेखका राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगीव्यवसायीको प्रतिनिधिमूलक रुपमा स्वाब संकलन गरिएको हो । भेरी अञ्चल अस्पताल नेपालगञ्जका निर्देशक डा.प्रकाश थापाले परीक्षणको स्थलगत अध्ययनसमेत गरेका छन् । सोमवारदेखि नियमित रुपमा पीसीआरबाट कोरोना परीक्षण गरिने स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा निरञ्जन पन्तले जानकारी दिए । दैलेखमा ७३२ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना देखिएकामध्ये १६ दिनसम्म आइसोलेशन अस्पतालमा बसेर कुनै पनि लक्षण नदेखिएपछि आधाभन्दा बढी घर फिर्ता भइसकेका छन् ।

Translate »