सुर्खेतमा थप १९ जनामा कोरोना पुष्टि


स्काई न्यूज / साउन २८,सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा बुधबार १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए । बुधबार संक्रमण पुष्टि भएका १९ जनामध्ये ८ जना भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् । ६ जना कन्ट्याक्ट ट्रेसिङ्मा परेका र ५ जना समुदाय स्तरमा गरिएको परीक्षणमा संक्रमण देखिएको प्रमुख वाग्लेले बताए । उनका अनुसार जिल्लामा ६१० जना कोरोना संक्रमित भएका छन भने निको भएर घर जानेको संख्या ५६१ रहेको छ । हाल जिल्लाभरी ४७ जना मात्र कोरोना संक्रमित आइसोलेशनमा उपचारत रहेका छन् ।

Translate »