प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका गतिविधि

विनोद ढकाल 

२०१७ सालमा जिल्ला आयुर्वेद औषधालयको नामबाट स्थापना भएको आयुर्वेद औषधालयलाई हालको वीरेन्द्रनगर नगरपालिका वडा नं .४ कालागाउँमा १ विगाह १० कट्ठा जग्गा अधिग्रहण गरि सेवा आरम्भ भएकोमा २०४१ सालमा राजा वीरेन्द्रको क्षेत्रीय भ्रमण सुर्खेतमा भएको बखत राजाको निर्देशन बमोजिम पछि त्यस्लाई भेरी अञ्चल आयुर्वेद औषधालयमा रुपान्तरण गरि तत्कालीन सिम्ता गाउँ पञ्चायतको बादे पिपलमा रहेको औषधालयलाई क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगरमा स्थानान्तरण गरियो । सोहि औषधालयलाई हालको संघीय गणतन्त्र नेपालको कर्णाली प्रदेश सरकारबाट प्रदेश आयुर्वेद औषधालय नामाकरण भएको हो ।
यस्को सञ्चालन तथा व्यवस्थापनका निम्ति निम्न उदेश्य सम्पादन गर्न, कर्णाली प्रदेश सरकार मन्त्री परिषदको मिति २०७६ बैशाख १२ गतेको निर्णय अनुसार, प्रदेश सरकारको “अस्पताल व्यवस्थापन समिति गठन आदेश २०७५ को दफा ७ उप दफा २(क) बमोजिम व्यवस्थापन समितिको गठन प्रदेश सरकारले गरेकोछ । समिति गठनका उद्धेश्यहरूः औषधालयको व्यवस्थापन तथा सञ्चालन, औषधालयको विकासकालागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा, आवश्यक श्रोत साधन जुटाउने, आयुर्वेदिक औषधी उत्पादन गर्ने व्यवस्था मिलाउने, औषधीजन्य जडिबुटीहरुको पहिचान र उत्पादनमा सहयोग युर्याउने, औषधालयको बजेट स्वीकृत गर्ने, भौतिक सम्पतीको संरक्षण तथा मर्मत सम्हार गर्ने, औषधालयको शुल्क निर्धारण गर्ने, औषधालयको बार्षिक प्रतिवेदन प्रदेश सरकार समक्ष पेश गर्ने, आयुर्वेद उपचार पद्धतिको प्रवर्द्धन सम्बन्धि कार्य गर्ने आदि उद्धेश्यले औषधालय व्यवस्थापन समितिको गठन गरिएको हो ।
मन्त्री परिषदको निर्णय अनुसार सामाजिक विकास मन्त्री मा.दल रावल ज्यू र उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री मा.नन्दसिं बुढा ज्यूको संयुक्त उपस्थितिमा मिति २०७६ वैशाख २३ गते प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिमा अन्य ५ जना पदेन सदस्य र एक जना स्वास्थ्य सेवामा अनुभवी स्थानीय महिला सदस्य सहित उक्त समितिले मनोनित गर्ने गरि ७ सदसीय व्यवस्थापन समितिको अध्यक्षमा मलाई नियुक्त गरिएको थियो । यस प्रकारको समिति अन्य प्रदेशमा नभएको व्यवस्था यस प्रदेशले पहिलो पटक प्रदेश सरकारबाट आयुर्वेद औषधालय व्यवस्थापन समिति”गठन गरिएको हो।
जस अनुसार अध्यक्ष, विनोद ढकाल, कर्णाली प्रदेश सरकार द्वारा मनोनित, सदस्यहरूः (पदेन) श्री देवकुमार सुवेदी वीरेन्द्रनगर नगर प्रमुख, श्री चेतननिधि वाग्ले जन स्वास्थय सेवा कार्यालय सुर्खेत, वरिष्ठ जन स्वास्थ्य अधिकृत,, श्री धन बहादुर रावत,सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेत, श्री पूर्णा कुमारी चालिसे प्रतिनिधि, जिल्ला समन्वय समिति सुर्खेत, श्री टिका कुमारी अधिकारी व्यवस्थापन समिति द्वारा मनोनित, (स्वास्थ क्षेत्रमा अनुभवी स्थानीय महिला), सदस्य – सचिब डा.शंकर प्रसाद रिजाल, कार्यालय प्रमुख, प्रदेश आयुर्वेद औषधालय सुर्खेत ।
व्यवस्थापन समिति गठन भए पश्चात औषधालयमा भएका कृयाकलापहरू ः
१) औषधालय पुग्न पक्की सडक नहुनाको कारण सेवाग्राहीहरु र कर्मचारीलाई आवागमनमा कठीन भैरहेको महुशुस गरि समितिको अनुरोधमा तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री ज्यूको निर्देशन अनुसार औषधालय जाने सडक कालो पत्रे हुने । (हाल सडक कालो पत्रे निर्माण कार्य सुचारू भई रहेको ।)
२) औषधालय परिशरमा पक्की प्रवेश द्वार, गाडि पार्किंग ग्यारेज, सेवाग्राहिहरूका निम्ति प्रतीक्षालय, ३ कोठे माथिल्लो तला कार्यालय कक्ष निर्माण गत बर्षमै सम्पन्न भएको ।
३) पूरानो भवनको माथिल्लो तला थप, उक्त तला गत बर्ष सम्पन्न नभएकाले हाल सम्पन्न गर्ने कार्य प्रदेशकै एक मात्र सुविधा सम्पन्न योगा हल निर्माण कार्य अन्तिम चरणमा भई रहेको छ। त्यसै गरि प्रवेश द्वार देखि भित्र औषधालय परिशर ब्लक बिच्छाई रंगी चंगी फूलहरू लगाउने कार्य पनि भई रहेकोछ ।
४) औषधालयको मुख्य आकर्षण मानिएको पञ्च कर्म सेवाका सामग्री जीर्ण भै सकेकाले विशेष प्रकारका सामग्रीहरु काठमाण्डूबाट खरिद गरि ल्याई सेवाग्राहीहरूलाई सर्व सुलभ सेवा प्रवाह गरिई रेकोछ ।
५) पञ्च कर्म सेवामा पाईल्स, फिष्टुला, फिशर,साईनस, स्नेहन, स्वेदन ९एकांग,सर्वांग० शीरोधारा,नष्य, वमन,सिरेचन, आदि रोगबाट पीडित अधिकांश सेवाग्राहिको समस्यालाई ध्यानमा राखी क्षारशुत्र विधिको उपचार थालनी गरिएको ।
६) विभिन्न रोगबाट ग्रस्त बिमारीहरू तथा सर्वसाधारण नागरिकहरुलाई आयुर्वेद पद्धति र आयुर्वेद औषधालयबारे अवगत नभएको अवस्थालाई ध्यानमा राखी स्थानीय टेलिभिजन, रेडियो, पत्र-पत्रिका, ब्रोशर तथा पोष्टरहरु, सामाजिक सञ्जाल, आदि । यस प्रकारको प्रचार माध्यमबाट अब अधिकांश नागरिकहरूलाई सरकारी आयुर्वेद अस्पतालछ भन्ने जानकारी नभई नीजी औषधी पसललाई नै आयुर्वेद अस्पताल भन्ने सोचलाई परिवर्तन गरि सरकारको अस्पतालछ यहाँ हरेक औषधी निःशुल्क पाईने रैछ भन्ने धारणाको विकास भएकोछ ।
७) समितिको बहाली पछि औषधालयबाट निम्न सेवाहरू नियमित गर्ने परिपाटीको थालनी भएको छः । निःशुल्क ओ.पि.डी. (बहिरंग) सेवा  निःशुल्क औषधी वितरण (विभिन्न ३६ प्रकारका औषधी)  प्रयोग शाला  पञ्चकर्म (विहानी तथा सायम् कालीन र कार्यालय समयमा) ।  ज्येष्ठ नागरिक स्वास्थ्य रक्षा कार्यक्रम  स्तनपायी आमाकालागि निःशुल्क स्वास्थ्य वर्द्धक औषधी वितरण (प्रदेश अस्पताल,प्रा.स्वा.के.।साल्कोट र मेहलकुनामा समेत,) स्वास्थ्य जीवन शैली कार्यक्रम,  आयुर्वेद तथा जडिबुटी र जडिबुटी सम्न्धी जन चेतनामूलक कार्यक्रम,  निःशुल्क आयुर्वेद विशेषज्ञ र गाउँ शहर स्वास्थ्य शिवीर कार्यक्रम र विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम आदि सञ्चालित छन् भने भिडियो एक्सरे सेवाका लागि पनि ग्क्न् ःबअजष्लभ खरिद गरि सकिएकोछ । जनशक्ति व्यवस्थापन गरि सञ्चालन हुने क्रममाछ ।
८) हालको विश्व ब्यापी विषम परिस्थिति ऋइच्इल्ब्(ज्ञढ रोग संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा यस प्रदेश आयुर्वेद औषधालयले महत्वपूर्ण भूमिका निभाएकोछ । यस क्रममा राजधानी वीरेन्द्रनगर स्थित र उपत्यका बाहिरका पञ्चपुरी, चौकुने,लेकबेशी, गुर्भाकोट नगर तथा गाउँ पालिकाहरुका विभिन्न क्वारेन्टाईनका साथै आईसोलेशन वार्ड, कोरोना विशेष अस्पतालमा रहेका संक्रमित नागरिकहरू,त्यहाँ खटिएका स्वास्थ्य कर्मीरसुरक्षा कर्मीहरुलाई र सल्यान जिल्ला अस्पतालमा समेत रोग प्रतिरोधी क्षमता बृद्धि गराउने विभिन्न औषधीहरू वितरण र रोग नियन्त्रण र यस्बाट बच्ने उपाय बारे स्वास्थ्य शिक्षा दिनुका साथै तनाव ब्यवस्थापनकालागि दक्ष प्रशिक्षक द्वारा योग र ध्यानका माध्यमबाट स्वस्थ जीवन शैली प्रशिक्षण ९) आयुर्वेद पद्धतिको श्वेदन steam bath) लगायत विभिन्न पञ्चकर्म सेवाबाट यस प्रदेशका विशिष्ट व्यक्तित्वहरु ( प्रदेश प्रमुख, मुख्य मन्त्री, सबै मन्त्रीहरू, प्रमुख सचिब लगायत केहि मन्त्रालयका सचिबहरू, लगायत विभिन्न लब्ध प्रतिष्ठित व्यक्तित्व तथा सर्व साधारण नागरिकहरु लाभान्वित हुनु भएकोछ ।
१०) विगतको तुलनामा समिति गठन पछिको अवधीमा सेवाग्राहिहरुको चाप अत्याधिक बढेको तर स्वीकृत दरबन्दीको अभावमा प्रयाप्त सेवा प्रदान गर्न नसकिएको अवस्थालाई ध्यानमा राखि व्यवस्थापन समितिको निर्णय अनुसार विभिन्न सेवा अन्तरगत समिति कोष र अन्य कार्यक्रमबाट व्यहोरिने गरि ५ जना करार सेवा जनशक्ति नियुक्त गरि औषधालयको सेवा विस्तार सहित अरु व्यवस्थित गरिएकोछ ।
१) समिति गठन पूर्व औषधालयमा १ मात्र सवारी साधन मोटर साईकल भएकोमा समिति गठन संगै थप ५ वटा मोटर साईकल खरिदकालागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट बजेट ब्यवस्था भई खरिद गरि समिति लगायत सबै सिनियर कर्मचारी र कार्यलय काम प्रयोजनकालागि कार्यालय सहयोगीलाई समेत मोटर साईकल ब्यवस्था गरिएकोछ ।
११) प्रदेश सरकारका अतिरिक्त वीरेन्द्रनगर नगरपालिका वडा नं ४ बाट औषधालय सेवा विस्तारकालागि रु।१ लाख व्यवस्थापन समिति कोषमा प्रदान भएको थियो भने, नगरपालिका कार्यालयबाट रु।२ लाख विभिन्न कार्यक्रमकालागि प्राप्त भएको थियो ।
१२) कर्णाली प्रदेशकै पहिलो उद्योगको रुपमा आयुर्वेद रुरल फार्मेशी द्वारा विभिन्न प्रकारका ९ थरी औषधी औषधालयबाटै उत्पादन गरि १० वटै जिल्लाका आयुर्वेद शाखाहरु तथा साल्कोट र मेहेलकुना एज्ऋ मा उक्त औषधीहरु आपूर्ति गरिएकोछ ।
१३) आगामी बर्ष २०७७/०७८ कालागि पनि नगरपालिकाको अनुदानलाई अरु बृद्धि गरि आयुर्वेद सेवालाई सहयोग निरन्तरता दिईने प्रतिबद्धता भएकोछ । यसै गरि वीरेन्द्रनार बाहेकका विभिन्न पालिकाहरूबाट पनि आयुर्वेद औषधालयलाई विशेष महत्वका साथ बजेट बिनियोजन गर्न अनुरोध गरिए अनुसार केहि पालिकाबाट आगामी बर्षकालागि आयुर्वेद कार्यक्रमकालागि बजेट ब्यवस्था गरिएको जानकारी प्राप्त भएका छन् ।
१४) प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट समिति गठन पूर्व यस आयुर्वेद औषधालयलाई गत बर्षको बार्षिक बजेटमा १ करोड ८४ लाख ५५ हजार बिनियोजन गरिएको थियो भने समिति गठन पछि यस बर्षको बजेट बिनियोजनमा रु.४ करोड २५ लाख ४ हजार बजेट प्राप्त भएको थियो । यसै गरि आगामी बर्ष २०७७/०७८ कालागि रू. ३ करोड १३ लाख ९७ हजार (निः शर्त बाहेक) स–शर्त बजेट बिनियोजन भएकोछ ।
१५) यस बर्ष औषधालयकालागि चार पांग्रे गाडि खरिदकालागि प्रदेश सरकारबाट रु.४० लाख रकम प्राप्त भएकोमा उक्त गाडि खरिद गर्न आर्थिक मामिला मन्त्रालयमा अनुमति माग गरे लगत्तै कोरोना संक्रमण र बन्दाबन्दीको कारण उक्त अनुमति प्राप्त नभै गाडि खरिदको काम हुन सकेको छैन ।
१६) भौतिक अवस्थामाः विध्यमान भौतिक संरचनालाई व्यापक सुधार गर्दै हाल चिकित्सकीय साथै प्रशासनिक कक्षहरूको अभाव भएकाले भई रहेको भवनको तला थप र सोको माथि विभिन्न प्रयोजनकालागि कोठा निर्माणको कार्य भई रहेकोछ भने, सुविधा सम्पन्न एकै पटक १०० जना सम्मलाई योग तथा ध्यान गर्न मिल्ने प्रदेशकै एक मात्र व्यवस्थित योगा हलको निर्माण कार्य भई रहेकोछ । उक्त हल सम्पन्न भए पश्चात स्वास्थ्य निकायका विभिन्न कार्यक्रमहरू र अन्य कार्यालय, संघ सस्थाकालागि पनि उपयोगी सिद्ध हुने दृष्टिकोण राखिएकोछ । यसै गरि औषधालय परिशरमा ब्लक बिछ्याई त्यस संगै रमणीय वातावरणकालागि विभिन्न प्रजातीका फूल विरुवाहरू लगाउने कार्यको थालनी भई रहेकोछ ।
१७) यस औषधालयलाई १५ शैयाको आयुर्वेद अस्पताल र औषधी निर्माण शाला भवन ९ँबचmबअथ दगष्मिष्लन० निर्माणका लागि विषेश पहल गरिएको ।
१८) यस बर्षको अन्तराष्ट्रीय योग दिवस २१ जुन (असार ७ गते) प्रदेश क्वारेन्टाईनमा योगा प्रशिक्षण, कोरोना विशेष अस्पताल तथा क्वारेन्टाईनहरुमा रोग प्रतिरोधी विभिन्न निःशुल्क औषधी वितरण साथै औषधालय परिशरमा विभिन्न प्रजातीका १०० वटा औषधी जन्य विरूवाहरू रोपेर मनाईएको ।
हाल औषधालयमा कार्यरत कर्मचारी विवरण
स्वीकृत दरबन्दीमा १ आयुर्वेद चिकित्सक आठौं, १ कविराज निरीक्षक छैठौं, ,१ वैद्य निरीक्षक छैठौं, १ लेखापाल (छैठौं), १ ल्याब टेक्निसीयन (पाँचौं), १ वैद्य (चौथो) २ कार्यालय सहयोगी र करार सेवामा १ आयुर्वेद चिकित्सक, १ वैद्य, १ कार्यालय सहायक र ४ जना कार्यालय सहयोगी गरि जम्मा १५ जनशक्ति कार्यरत छन् ।
औषधालयका आगामी योजनाहरूः
१) प्रदेश स्तरीय औषधालय भए तापनि हालको दैलेख,कालिकोट,डोल्पा,हुम्ला भन्दा पनि कम दरबन्दी रहेको यस औषधालयलाई तत्काल १५ शैयाको अस्पतालको रुपमा विस्तार गरि सोहि अनुसारको जनशक्ति दरबन्दी, विविध गुणस्तरीय सेवाको रेफरल सेण्टर र शिक्षण अभ्यास सहितको अत्याधुनिक प्रविधि सहितको अस्पताल बन्नेछ । यस्का निम्ति आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको पहलमा स्वास्थ्य तथा जन संक्या मन्त्रालयबाट अस्पताल निर्माणकालागि कार्यक्रम स्वीकृत भई शहरी विकास तथा भवन निर्माण विभाग द्वारा प्रदेश आयुर्वेद अस्पताल बन्नेछ । यस्कालागि प्रकृया अगाडि बढि आगामी बर्षको शुरूमै टेण्डर हुने क्रममाछ ।
२) हाल यस औषधालयबाट उत्पादन गरिएका औषधीहरू पाउडर फममा मात्र गरि रहेको अवस्था छ भने , आगामी दिनमा ट्याब्लेट, क्याप्सुल, सिरप, मलहम आदि फममा बनाउनकालागि अत्याधुनिक खाले औषधी निर्माण शाला (Armacy buling) बनाउनकालागि म्एच् तयार भई स्वास्थ्य तथा जन संख्या मन्त्रालयको स्वीकृतिमा शहरी विकास तथा भवन विभाग द्वारा सम्पूर्ण प्रकृया पूरा गरि टेण्डर हुन मात्र बाँकी रहेकाले आगामी बर्ष २०७७/०७८को शुरुमै टेण्डर आव्हान भई क्रमागत रुपमा भवन निर्माण कार्यको थालनी हुनेछ ।
३) कर्णाली प्रदेश आफैमा जडिबुटीको खानी भए तापनि,यस औषधालयमा उत्पादन गरिने जडिबुटीहरु विध्यमान कानूनी ब्यवस्थाका कारण आफ्नै प्रदेशमा खरिद गर्न नसकिने बाध्यात्मक प्रावधानलाई कर्णाली प्रदेश सरकारबाट समाधान गरि,हाल काठमाण्डौ तथा अन्य वैधानिक संकलकहरुबाट जडिबुटी खरिद गरिनु परेको अवस्थाको अन्त्य भई आफ्नै प्रदेशको ताजा जडिबुटी प्रदेशमै संकलन गरिएका जडिबुटी खरिद तथा संकलन गरिनेछ ।
४) वर्तमान अवस्थामा औषधालयको रुरल फार्मेशी द्वारा उत्पादित औषधीहरु पाउडरको रूपमा मात्र निर्माण गरिएको प्रणालीलाई अत्याधुनिक औषधी शालाको निर्माण पश्चात सुगन्धित ट्याब्लेट,क्याप्सुल,सिरप तथा मलहम आदि फममा निर्माण गरी कर्णाली प्रदेशको झलक दिने प्रकारको लेबलिंग सहित आकर्षक प्याकिंग गरि,आयुर्वेद औषधीमा कर्णाली प्रदेशलाई आत्म निर्भर गराई अन्य प्रदेश तथा छिमेकी मुलुक लगायत तेश्रो मुलुक सम्म निर्यात गर्ने उद्धेश्यका साथ औषधी उत्पादन गरिनेछ ।
५) हाल कर्णाली प्रदेशका विभिन्न जिल्लामा पाईने विभिन्न प्रकारका हत्वपूर्ण र बहूमूल्य जडिबुटीहरू बिचौलियाहरू द्वारा अवैध रूपमा संकलन गरि नेपालगञ्ज ट्राञ्जिट बनाई छिमेकी मुलुक तथा स्वदेशकै पनि विभिन्न स्थानमा निर्यात हुने गरेका जडिबुटीलाई अब जडिबुटीको संरक्षण पनि गर्ने कार्य सहित यसै प्रदेशको जुम्ला,चौरजहारी (पश्चिम रूकुम) र प्रदेश राजधानी सुर्खेतको प्रदेश आयुर्वेद परिशरमा मुख्य संकलन केन्द्रमा बनाई आयुर्वेद विभागको “जडिबुटी भण्डारण नीति २०७६” अनुसार संकलन तथा भण्डारण गर्ने । यस्ले गर्दा बर्षौं सम्म कुहिएर,सडाएर निर्यात गर्ने प्रबृत्तीको पनि अन्त्य हुनेछ । यस कार्यका निम्ति सामाजिक विकास मन्त्रालयको आयोजनामा आयुर्वेद तथा वनस्पती विज्ञ,वन डिभिजन, घरेलु तथा साना उद्योग कार्यालय,उद्योग बाणिज्य संघ, जडिबुटी संकलक, विभिन्न सरोकारवाला निकायहरु सम्मिलित बृहत गोष्ठीबाट विभिन्न महत्वपूर्ण निर्णय सहित बृहत योजनाको कार्य पत्र तयार गरि कर्णाली प्रदेश सरकारलाई बुझाई सकिएकोछ ।
६) कर्णाली प्रदेशको हत्वपूर्ण पर्यटकीय स्थल ूरारा तालू जाने पर्यटकहरुको सुविधालाई ध्यानमा राखि उपयुक्त स्थानमा आयुर्वेद उपचार तथा श्वेदन(Steam bath) , शीरोधारा लगायतका पञ्चकर्म सेवा सञ्चालन गरिनेछ । यसै शिलशीलामा उपयुक्त स्थानको छनौट गरि कर्णालीका महत्वपूर्ण जडिबुटीहरू मात्रै भएको आकर्षक र मनमोहक हर्बल उद्यान समेत निर्माण गर्ने पनि आगामी बर्षको योजना बनाईएकोछ
७) प्रदेश औषधालयको रुरल फार्मेशी कार्यक्रम द्वारा निर्मित विभिन्न प्रकारका महत्वपूर्ण औषधीहरू प्रदेश अन्तरगतका सबै जिल्लाहरूमा हस्तान्तरण गर्न,विशेषज्ञ स्वास्थ्य घुम्ती सेवा, गाउँ शहर क्लिनिक सञ्चालन, जिल्ला स्थित आयुर्वेद कार्यक्रमको अनुगमन तथा सहजिकरण,विभिन्न भू(भागमा पाईने महत्वपूर्ण जडिबुटी पहिचान,संकलन,प्रशिक्षण तथा विभिन्न स्थानमा रहेका आयुर्वेद अस्पताल,औषधी उद्योग,अनुसन्धानशाला,वनस्पति उद्यान आदिको अवलोकन साथै अन्य अत्यावश्यक सेवाकालागि एउटा गाडीको आवश्यकता महशुस गरि व्यवस्थापन समितिको निर्णयानुसार सामाजिक विकास मन्त्रालयमा चार पांग्रे सवारी साधन माग भए बमोजिम मन्त्रालयबाट गाडि खरिदकोलागि आवश्यक बजेट व्यवस्था गरि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट खरिद अनुमतिकालागि अनुरोध गरिएकोछ ।
८) औषधालय परिशरको १ सय मिटर मिटर पर्खालमा सर्व साधारणहरुलाई आयुर्वेद उपचार, विभिन्न नसर्ने रोगहरु, स्वस्थ जीवन शैली, जडिबुटी जन्य वनस्पती लगायत विभिन्न जनचेतना मूलक सूचना तथा जानकारीहरू उल्लेख भएका भित्ते लेखन गरिनेछ ।
९) विश्वव्यापी महामारी Covid-19 रोग संक्रमण रोकथाम तथा नियन्त्रण कार्यलाई नेपाल सरकारको आयुर्वेद प्रोटोकल अनुसार सेवा प्रवाहलाई निरन्तरता दिन रोग प्रतिरोधी औषधीहरू वितरण र स्वस्थ जीवन शैली परिवर्तन तथा स्वास्थ्य शिक्षा कार्यक्रमलाई प्रदेश अन्तरगतका सबै जिल्लामा विस्तार गरिनेछ ।
१०) वर्तमान अवस्थाको जन शक्ति, भौतिक पूर्वाधार, चिकित्सकीय, प्रशासनिक तथा विविध समस्या समाधानका निम्ति, औषधालय प्रशासन, व्यवस्थापन समितिको संयुक्त प्रयासबाट असम्भव देखिएका कार्यका निम्ति समस्या समाधान गर्न प्रदेश सरकार, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, संघीय सरकारका साथै विभिन्न निकाय संग समन्वय गरि औषधालयलाई स्तरीय उपचारात्मक सेवाका साथै भौतिक सुधार गर्ने कार्यलाई निरन्तरता दिईनेछ । —  लेखक; (प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समिति, कर्णाली प्रदेश,सुर्खेतका अध्यक्ष हुन् । )

 

Translate »