प्रदेश अस्पतालमा इमेरजेन्सी बाहेकका सेवा बन्द

स्काई न्यूज / भदौ ११, सुर्खेत ।
प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना देखिएपछि इमेरजेन्सी बाहेकका सेवा बन्द गरिएका छन । बुधबार ६ जना चिकित्सक सहित एक जना स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि इमेरजेन्सी बाहेकका सबै सेवा एक हप्ताका लागि बन्द गरिएको अस्पतालले जनाएको छ । अस्पताल निर्देशक डा. डम्बर खड्काले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि अवस्था जटिल हुन थालेकाले एक हप्ताका लागि इमेरजेन्सी बाहेकका सेवा बन्द गरिएको जानकारी दिए । उनले एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गरिने बताए । यता निषेधाज्ञाले हैरानी खेप्दै आएका नागरिकलाई अस्पतालको इमेरजेन्सी बाहेकका सेवा बन्द हुँदा थप सास्ती भएको छ ।

Translate »