सुर्खेतमा अरिंगालको टोकाइबाट बालकको मृत्यु
स्काई न्युज / भदौ १३, सुर्खेत ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–६, माथिल्लो भाप्रका ७ वर्षिय बालकको अरिंगालको टोकाइबाट मृत्यु भएको छ । जीवन ज्योति माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत खगेन्द्र बयकको गएराती ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार बयकलाई गुटु स्वास्थ्य चौकीमा उपचारका लागि लैजाने क्रममा राती नौ बजे मृत्यु भएको हो । माथिल्लो भाप्रको रातीमाटे डाँडामा गाईगोरु चराउन गएका बेला शुक्रबार दिउँसो चार बजे बालकलाई अरिंगालले टोकेको थियो ।