२०८३ असोज २० , मंगलबार
Sky News Nepal
October 6, 2026

सल्यानका स्थानीय तहले बुझाएनन् खर्च विवरण



स्काई न्यूज / भदौ १३,सल्यान ।
सल्यानमा आफुले गरेको खर्चका विवरण बेलैमा स्थानीय तहले बुझाउन सकेका छैनन् । आर्थिक वर्ष सकिएको झन्डै दुई महिना पुग्न लाग्दा समेत जिल्लाका दशवटै स्थानीय तहले कोष तथा लेखा नियन्त्रक कार्यालयमा खर्च विवरण बुझाउन सकेका छैनन् । नयाँ आर्थिक वर्ष २०७७/०७८ को निकासा लिएर काम गर्नु पर्ने समय आइसक्दा समेत अघिल्लो आर्थिक वर्षको प्रतिवदेन पठाउन स्थानीय तहले ढिला गरी रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानका सूचना अधिकारी वुद्धिमान बस्नेतले बताए । उनले भने ‘साउन २५ गतेभित्र सबै पालिकाहरुले प्रतिवेदन बुझाई सक्नु पर्ने हो तर दुई हप्ता बितिसक्दा समेत कुनै पनि पालिकाले बुझाएका छैनन् ।’ खर्च वितरण बुझाउन पटक पटक ताकेता गरेपनि भोली भोली भनी टार्ने गरेको बस्नेतको भनाई छ । गत आ.व.को प्रतिवदेन नबुझाउदासम्म समानीकरणको बजेट बाहेक अन्य शिर्षकको बजेट निकासा नहुने उनले बताए । चालु आर्थिक वर्षका लागि जिल्लामा आएको ९६ करोड ३६ लाख समानीकरण अनुदान मध्ये पहिलो किस्ता वापत २४ करोड ९ लाख निकासा भएको बस्नेतले बताए ।

प्रकाशित मिति : २०७७ भदौ १३ गते शनिबार
Translate »