२०८३ साउन ४ , सोमबार
Sky News Nepal
२०८३ साउन ४ , सोमबार

तालिम तथा रोजगार व्यवसायी महासंघ कर्णालीको अध्यक्षमा शाही




स्काई न्यूज/ भदौ १३, सुर्खेत ।
तालिम तथा रोजगार व्यवसायी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा उपेन्द्रकुमार शाही चयन भएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न तालिम तथा रोजगार व्यवसायी महासंघ कर्णाली प्रदेशको भेलाले शाहीलाई अध्यक्षमा चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा सुमननाथ योगी, उपाध्यक्ष टीका बुढाथोकी, सचिव रमेश शर्मा, सह–सचिव रमेश अधिकारी, कोषाध्यक्ष, महेश नेपाली तथा सदस्यहरुमा प्रदिप घिमिरे, जगतबहादुर कटुवाल, रामबहादुर खड्का, प्रकाश खड्का, मिना भण्डारी, विनोद शाही, कमल बुढाथोकी, सन्दिप बिक र दिपेन्द्रकुमार शाही चयन भएका छन् । सरकारले बर्सेनि करोडौं रकम सीप तथा रोजगारीको क्षेत्रमा विनियोजन गरेपनि उपलब्धी सन्तोषजनक नहुने चलनको अन्त्यका लागि कर्णाली प्रदेश समिति गठन गर्नु परेको अध्यक्ष शाहीले बताए । उनले तालिम तथा सीपका नाममा हुने अनावश्यक राज्यकोषको दुरुपयोग हुन बाट समितिले खबरदारी गर्ने जनाए ।

प्रकाशित मिति : २०७७ भदौ १३ गते शनिबार
Translate »