लकडाउनमा रू.६१ करोडको दुग्ध पदार्थ आयात

भदौ १४,काठमाडौं ।
आर्थिक वर्ष सन् २००८/०९ मा नेपालमा रू. १ अर्ब २ करोड बराबरको दुग्ध पदार्थ आयात भएको तथ्यांक छ । तर त्यसको ठीक १२ वर्षपछि अर्थात् आर्थिक वर्ष २०१९/२० मा नेपालमा करीब २ अर्ब ४ करोड रुपैयाँ बराबरको दुग्ध पदार्थ आयात भएको पाइन्छ । लकडाउनको बेला स्वदेशका दुग्ध उत्पादनमा अवरोध भएसँगै विदेशबाट रू.६१ करोड बराबरको दुग्ध पदार्थ आयात हुनुलाई युक्तिसंगत मान्न सकिँदैन । उक्त तथ्यांकले दुग्ध पदार्थमा आत्मनिर्भर हुन यसको विकासमा नेपालमा थप नयाँ रणनीति अंगीकार गर्नु आवश्यक रहेको देखिन्छ ।

Translate »