फेरि बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर

भदौ १४, काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य आइतवार प्रतितोला रू. ३०० ले बढेको छ । शुक्रवार प्रतितोला रू. ९६ हजार ९०० रहेको छापावाल सुनको मूल्य आज प्रतितोला रू.९७ हजार २०० कायम भएको हो । त्यस्तै शुक्रवार प्रतितोला रू. ९६ हजार ४०० रहेको तेजाबी सुनको मूल्य आज प्रतितोला रू. ९६ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आज चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन पनि चाँदीको मूल्य प्रतितोला रू. १ हजार ३४० नै कायम भएको छ ।

Translate »