भेरी कर्णाली ब्युरो सदस्य सहित दुई जना पक्राउ

स्काई न्यूज / भदौ १७ सल्यान ।
जिल्ला प्रहरी कार्यालय सल्यानले प्रतिबन्धित नेकपा (विप्लवं) समूहका भेरी कर्णाली ब्युरो सदस्यसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको कालीमाटी गाउँपालिका–६ जलजलाबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भेरी कर्णाली व्यरो सदस्य सुर्खेत चिङगाड गाउँपालिका–२ का ५० वर्षीय महेश भन्ने आइते वि.क र सुर्खेत गुर्भाकोट नगरपालिका–२ का ४२ वर्षीय तिलकबहादुर वलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । स्थानीय व्यापारी र जनप्रतिनिधिहरूसँग चन्दा मागिरहेको भन्ने गोप्य सूचनाका आधार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता उमाकान्त जोशीले बताए । निजहरुसँग सोधपुछ गर्ने क्रममा प्रहरी माथि नै अभद्र व्यवहार गरेकाले उनीहरूलाई नियन्त्रण लिई कानुन बमोजिम थप अनुसन्धान भइरहेको जोशीको भनाई छ ।

Translate »