कपुरकोट गाउँपालिका र बजार एक साताका लागि सिल

स्काई न्यूज / भदौ १८,सल्यान ।
धनवाङ स्वास्थ्य चौकी कपुरकोटमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि कपुरकोट गाउँपालिका, ३ वडा कार्यालय, कपुरकोट बजार एक साताका लागि सिल गरिएको छ । बिहीबार राती १० बजेदेखि भदौ २५ गते राती १० बजेसम्मका लागि कपुरकोट गाउँपालिका, ३ न वडा कार्यालय र कपुरकोट बजार पूर्ण रुपमा एक साताका लागि सिल गरिएको कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले बताए । कपुरकोट बजार क्षेत्रका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालय, बैंक, वित्तिय संस्थाहरुले र कपुरकोट बजार पूर्ण रुपमा सिल गरिएको उनको भनाई छ ।

संक्रमित व्यक्ति धेरेको सम्पर्कका रहेकाले कोरोना समुदायमा नफैलियोस भनेर सिल गरिएको सेनको भनाई छ । कपुरकोटमा सञ्चालन हुँदै आइरहेको कृषि हाटबजार पनि बन्द गरिएको र कुनै पनि व्यापारीलाई गाउँमा जान प्रतिबन्ध लगाइएको प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारीले बताए । किसानले उत्पादन गरेको ताजा तरकारी किसानहरुले बस्तीबाटै लोड गरेर बजार पठाउने व्यवस्था मिलाउन कृषि उपज संकलन केन्द्रलाई निर्देशन दिइएको उनको भनाई छ । संक्रमित व्यक्तिको सम्पर्कमा रहेका र जोखिमयुक्त समूहका व्यक्तिहरको स्वाब संकलन गर्ने तयारी गरि रहेको स्वास्थ्य संयोजक अरुण दाहालले बताए । स्वाब संकलनको दायरलाई समुदायस्तरमै लिएर जाने उनको भनाई छ ।

Translate »