कर्णाली नदीमा १ को शव फेला

स्काई न्यूज / भदौ १९,सुर्खेत ।
कर्णाली नदीमा बिहीबार दिउँसो दाउरा बटुल्न गएका एक जना मृत फेला परेका छन् । दाउरा बटुल्न जादा ३ जना बेपत्ता भएका मध्ये भरत रोकाय मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरीका अनुसार गेरुवा गाउँपालिका ४ का ४० वर्षीय बलबहादुर रोकाय, १४ वर्षीय पबि रोकाय र १४ वर्षका भरत रोकाय कर्णाली नदीमा बेपत्ता भएका थिए । बाँकी २ जनाको खोजी कार्य तीव्र रुपमा भइरहेको बर्दियाका एसपी केदार रजौरेले जानकारी गराए। खोजी कार्यका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको थियो।

Translate »