सुनचाँदीको मूल्य निरन्तर ओरालो तिर

भदौ १९, काठमाडौं ।
नेपाली बजारमा शुक्रवार सुनको मूल्य घटेर रू.९६ हजारमा ४०० मा कारोबार भइरहेको छ । एकसाता अघि रू.१ लाख ३०० भन्दा माथि पुगेको सुनको मूल्य केही दिनदेखि लगातार घट्दै ९६ हजारमा आइपुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य शुक्रवार प्रतितोला रू.९६ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रू.९५ हजार ९०० मा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य भने तोलामा रू.३५ घटेर प्रतितोला रू.१ हजार ३१० मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा लगातार गिरावट आएकोको कारण नेपाली बजारमा पनि त्यसको प्रभाव परेको सनचाँदी व्यवसायीहरुले बताएका छन् । कोरोना महामारीका कारण हाल नेपालमा निषेधाज्ञा लागू भएका कारण सुनचाँदीको कारोबार भने ठप्प रहेको उनीहरु बताउँछन् ।

Translate »