कर्णालीमा ५१ कोरोना संक्रमित

२१ भदौ, सुर्खेत ।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरस(कोभिड१९)को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला गरिएको पीसीआर परीक्षणमा आइतबार एकैदिन ५१ जनामा संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्टअनुसार सबैभन्दा धेरै सुर्खेतका ४२ जना, जुम्लाका पाँचजना, जाजरकोटमा दुईजना, दैलेख र रुकुम पश्चिममा एकरएक जनामा संक्रमण पुष्टि भएको छ । आइतबार सबैभन्दा बढी संक्रमित सुर्खेतको वीरेन्द्रनगरमा देखिएका छन् । वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ की एक महिलामा संक्रमण देखिएको छ । वडा नम्बर(४, मा मात्रै १६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा ७ महिला र ९ जना पुरुष रहेका छन् । त्यस्तै वीरेन्द्रनगर वडा ५, ६, ७, ८, ९, १०, ११ र १२ का १५ जनामा संक्रमण देखिएको छ । जसमा तीन बर्षीय बालिकासहित पाँचजना महिला र १० जना पुरुष रहेका छन् । चिङ्गाड र चौकुने गाउँपालिकाका तीनजना महिलासहित आठजना रहेका छन् । भेरीगंगा नगरपालिकाका दुईजना पुरुषमा संक्रमण देखिएको छ । यससँगै कर्णणालीमा कोरोना संक्रमितको संख्या २६४९ पुगेको छ । साथै, कर्णालीमा आइतबार थप २६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २३०७ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको छ भने ३३६ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।(अनलाईन खबर)

Translate »