२०८३ साउन ४ , सोमबार
Sky News Nepal
२०८३ साउन ४ , सोमबार

बासगढी नगरपालिका शिल



भदौ २२,बर्दिया ।
नगरपालिका क्षेत्र सोमबार विहानदेखि पूर्णरूपमा शिल गरिएको छ । बाँसगढीमा रहेको सीजी फुड प्रालिका ४२ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका क्षेत्र शिल गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ । पूर्व पश्चिम राजमार्गको बासगढी क्षेत्र प्रवेशमा खाद्यान्न ढुवानी, एम्बुलेन्स, सुरक्षा निकायका सवारीसाधन वाहेक अन्यलाई रोक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए लगाईएको छ। उनका अनुसार समुदाय स्तरमा कोरोना कोरोना संक्रमण फैलन सक्ने कुरालाई मध्यनजर गरेर निषेधाज्ञा जारी गरिएको हो । सोमबार २२ गतेदेखि जारी गरिएको निषेधाज्ञा २८ गतेसम्म कायम जारी गरेको प्रेश बिज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : २०७७ भदौ २२ गते सोमबार
Translate »