यात्रु ठग्ने दुई जना सवारी चालक पक्राउ

स्काई न्यूज / भदौ २४, सुर्खेत ।
सुर्खेतमा यात्रु ठग्ने दुई जना सवारी चालक पक्राउ परेका छन् । यात्रुलाई ठग्ने दुई जना सवारी चालकसहित सवारी साधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीका अनुसार सुर्खेतबाट दैलेख जाने यात्रुबाट एक हजार सम्म भाडा असुलेको पाइएपछि भे १ झ– ८६८ नम्बरको फोर्स र भे १ च– २१३८ नम्बरको स्कार्पियो नियन्त्रणमा लिइएको हो । उनले जिल्ला प्रशासन कार्यालयबाट पास लिने र अरु यात्रुहररुसँग महङ्गो भाडा लिएर बोक्ने गरेको पाइएपछि पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार ‘पहिलो पटक भएकाले दुबै जना सवारी चालकलाई सम्झाइ–बुझाइ आइन्दा यसो नगर्ने शर्तमा कागज गरेर छोडिएको छ । सवारी पासको दुरुपयोग गरि यात्रुलाई ठग्ने जो सुकै सवारी चालकलाई अब आइन्दा कडा कारवाही गरिने उनको भनाइ छ ।

Translate »