कर्णालीमा १० जना कोराना संक्रमित थपिए

 स्काई न्यूज / भदौं २८, सुर्खेत ।
कर्णालीमा आइतबार (आज) थप १० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कर्णाली प्रदेश पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको स्वाब परीक्षणबाट थप १० जना नयाँ कोरोना संक्रमित थपिएको पुष्टि भएको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली प्रदेश पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ७, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २ र चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रुकुम पश्चिममा स्वाब परीक्षण गर्दा १ जनामा कोरोना देखिएको छ । हालसम्म कर्णाली प्रदेशमा २ हजार ७ सय ८६ जनामा कोरोना पृष्टि भएको छ ।
मप विश्वविद्यालय एक साता सील
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीमा कोरोना पुष्टी भएपछि एक साताका लागि प्रशासनिक भवन सील गरिएको छ । डीन कार्यालयका एक जना पदाधिकारीलाई कोरोना संक्रमण पुष्टी भएपछि सोमबारदेखि असोज ४ गतेसम्म विश्वविद्यालयको केन्द्रीय कार्यालय र डीन कार्यालयहरुका सम्पूर्ण सेवाहरु बन्द गरिएको विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख छ । विश्वविद्यालयले पदाधिकारी, शिक्षक, कर्मचारीलाई सम्बन्धित प्रमुखसँगको सम्पर्कमा रहेर घरबाटै काम गर्न निर्देशन दिएको छ ।

Translate »