गजल
गजल
पाखोबारी मुसार्ने आज हाम्रो कोइ छैन
ठेकी रित्तै छ आज हाम्रो मोइ छैन ।
रातिमा आखा ट्वाल्ल पारेर आशु झार्छिन जून
तिमिले आफैले लेखेको चिठिमा तिम्रो आज सहि छैन।
मोटर गुड्ने सडक आज घासको घर भो
दिएको तिम्लाइ जाले रुमाल आज सोहि छैन ।
तिरेर पैसा पनि नपाउनी मल अभागी कति हामी
तालमा बिसहजारी चितवनको आज घडियाल गोहि छैन ।
कमल दहमा फुल्छ भन्छन कमलको फुल
दिएको मायाको पोको तिम्लाइ आज खोइ छैन ।
पाखो बारी मुसार्ने आज हाम्रो कोइ छैन
ठेकी रित्तै छन आज हाम्रो मोइ छैन । पिताम्बर पौडेल
भेरिगंगा नगरपालिका–१२, सुर्खेत ।