कोरोनाबाट ३९० जना मृत्यु , संक्रमित संख्या ६१ हजार ५९३ पुग्यो


असोज २, काठमाडौं ।
नेपालमा शुक्रवार थप २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण ३९० जनाको मृत्यु पुष्टि भएको छ । हालसम्म डिस्चार्ज भएर घर फर्कनेको संख्या ४२ हजार ९४९ पुगेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार २४३ जना रहेको छ । हाल होम आईसोलेशनमा ८ हजार ८८८ जना रहेका छन् । ७ हजार ७३६ जना क्वारेन्टाइनमा रहेका छन् । विगत २४ घण्टामा ८७१ जना डिस्चार्ज भएका छन् ।