२०८३ भदौ २२ , सोमबार
Sky News Nepal
September 7, 2026

वडाध्यक्षको कोरोनाबाट मृत्यु



स्काई न्यूज / असोज ७,बाँके ।
भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं. ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताए। यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेत र बर्दियाका कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधबार
Translate »