कोरोना संक्रमित क्याम्पस प्रमुखको निधन

असोज १०,बर्दिया ।

शनिबार बबई बहुमूखी क्याम्पस प्रमुखको निधन भएको छ। बबई बहुमुखी क्याम्पसका प्रमुख बिनोदकुमार अग्रवालको ५२ वर्षको उमेरमा निधन भएको हो । एक दशकअघिदेखि क्याम्पस प्रमुखको पदमा रहेका अग्रवालको दुई वर्षदेखि फोक्सोमा क्यान्सर थियो। उनी दिल्ली स्थित मेदान्त अस्पतालमा नियमित उपचार गराईरहेका थिए। अघिल्लो साता दिल्लीबाट उपचार गराई फर्केका उनमा स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। उपचारको क्रममा अग्रवाललाई चिकित्सकले किमो चढाएका थिए। अग्रवाललाई शनिबार बिहानदेखि सार फेर्न अप्ठ्यारो महशुस भएपछि थप उपचारको क्रममा भेरी अस्पताल बाँकेमा मृत्यु भएको हो। कोरोना संक्रमित अग्रवालको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।

Translate »