पूर्वी सुर्खेतको लेखबेशी नगरपालिका सील

स्काई न्यूज / असोज १३, सुर्खेत ।
पूर्वी सुर्खेतको लेखबेशी नगरपालिका एक साताका लागि सील गरिएको छ । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि नगरपालिका सील गरिएको हो । नगरपालिकाका अनुसार पाँच जना कर्मचारी र एक जना जनप्रतिनिधिमा कोरोना पुष्टि भएपछि नगरपालिका एक साताका लागि सील गरिएको छ । नगरपालिका र वडा कार्यालयहरुका सबै सेवा बन्द गरिएको नगरप्रमुख गगनसिंह सुनारले जानकारी दिए । उनले नपाबाट अत्यावश्यक बाहेक अन्य सबै सेवा असोज १९ गतेसम्मका लागि बन्द गरिएको बताए । उनका अनुसार नगरपालिका क्षेत्रमा सञ्चालन भएका विद्यालयहरु पनि बन्द गर्न निर्देशन दिइएको छ । अहिले लेखबेशी क्षेत्रमा कोरोना रोकथाम नियन्त्रण तथा व्यवस्थानका लागि नगरपालिका अहिले विशेष सावधानीका जुटेको उनको भनाइ छ ।

Translate »