प्रधानमन्त्रीका ३ जना सल्लाकारलाई कोरोना पुष्टि

असोज १७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको हो ।

उनीहरुले गत शुक्रवार  स्वाब टेष्ट गरेका थिए । सल्लाहकारहरुले शनिवार सामाजिक संजालमार्फत कोरोना संक्रमण भएको बताएका छन् ।

उनीहरु मध्येका रिमालले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजेटिभ देखियो । यसबीच मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु ।’

यसअघि प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह शाह तथा प्रधानमन्त्रीको निजी सचिवालयमा कार्यरत फोटो पत्रकार राजन काफ्लेलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

Translate »